दाङमा थप ८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ९४ पुग्यो


दाङ ।  दाङमा आज थप आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा राप्ती गाउँपालिकामा ६, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर १ को नवप्रभात आधारभूत विद्यालयको क्वरेण्टीनमा बसेका २२, २७, ३२ र १२ वर्षीय पुरुष, ३० र १८ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका १४ को सुभप्रभात माविको क्वरेण्टीनमा बसेका ४३ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका १७ को सेन्टर माविमा बसेका २८ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

योसँगै दाङका ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दाङमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ३२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित : २०७७ जेष्ठ २९, बिहीबार २२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ