कोरोनालाई जितेका औरहीका अनसारुललाई विद्यार्थी नेता दासद्वारा सम्मान


सिरहा : कोरोना भाइरसलाई जितेका औरही गाउपालिका ५ का अनसारुल मियाँलाई समाजवादी विद्यार्थी नेता विवेक दासले सम्मान गरेका छन् ।

मियाँलाई विहिवार नेता दास घरमै पुगेर फुल हस्तान्तरण गरी सम्मान गरेका हुन् । उनलाई एक थान सेनिटाइजर र एक थान मास्क समेत प्रदान गरे ।

खतरनाक कोरोना भाइरसलाई हराएर घर फर्किका कारण उनलाई हौसला बढाउन सम्मान गरेको नेता दासले बताए । कोरोनाबाट संक्रमित भएपनि उपचार पश्चात निको भएर समाजमा फर्किदा नराम्रो दृष्टिले हेर्न नहुने उनको भनाई छ ।

मियाँ बुधवार राति सिरहाको धनगढीमाई नपामा पर्ने महेन्द्र गेनाई अस्पतालबाट डिस्चार्ज भएर घर फर्किका थिए । भारतको मुम्बईबाट फर्किदा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ जेष्ठ ३०, शुक्रबार ०८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ