Breaking -थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन् । दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७÷१७ जना र कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै, बाराका ९ जना, गुल्मीका ८, सर्लाही ६, बझाङका ५, डोटी, बर्दिया र बाँकेका ३÷३ जना, बर्दघाट सुस्तापूर्व, बर्दघाट सुस्तापश्चिम, प्युठान र रामेछापमा २÷२ जना तथा धनुषा, सिन्धुली र रुकुमपश्चिमका १÷१ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : २०७७ जेष्ठ ३२, आईतवार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ