गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि , सङ्क्रमित २०५ पुग्यो


स्याङ्जा । गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका थप ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ । सङ्क्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन्  भने एक जनाको ज्यान गएको छ ।

प्रकाशित : २०७७ असार १, सोमबार १०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ