नारायणगढ – मुग्लिन सडकमा पहिरो खसेपछि सडक अवरुद्ध


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो ।

अहिले0 पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ असार ३, बुधबार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ