महोत्तरीमा एकैदिन थपिए १८९ सङ्क्रमित, कहाँ कति ? हेर्नुस्


काठमाण्डाै । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या सात हजार एक सय ७७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका चार जना, सिरहकाका एक जना गरी पाँच जनामा कोरोना भेटिएको छ । विराटनगरको परीक्षणमा मोरङका नाै जना र झापाका दुई जना गरी ११ जना, जनकपुरमा धनुषाका चार जना, महोत्तरीका पाँच जना, बाराका सात जना र रौतहटका ११ गरी २७ जनामा पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा महोत्तरीका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुका १० जना, महोत्तरीका एक सय ८९ जना, रौतहटका ३९ जना, रुपन्देहीका तीन जना, सर्लाहीका ६ जना र प्युठानका १८ जना गरी दुई सय ६५ जनामा कोरोना भेटिएको छ । भरतपुरमा भएको परीक्षणमा अर्घाखाँचीका तीन जना, धुलिखेलमा भएको परीक्षणमा धनुषाका २२ जना र रौतहटका ७७ जना गरी ९९ जनामा पुष्टि भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा कैलालीका एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पर्वतका तीन जना, नवलपरासी पूर्वका १७ जना गरी २० जनामा काेराेना पुष्टि भएको छ । रुपन्देहीमा गुल्मीका २६ जना, प्युठानका २० जना, रुपन्दहीका चार जना र अर्घाखाँचीका नाै जना गरी ५९ जनामा कोरोना देखिएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका एक जना र बर्दियाका ३१ जना, दाङमा भएको परीक्षणमा दाङका आठ जना र सल्यानका २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतमा भएको परीक्षणमा सुर्खेतका दुई जना र दैलेखका दुई जना, जुम्लामा भएको परीक्षणमा कालीकोटका १४ जना र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका सात जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।   

प्रकाशित : २०७७ असार ३, बुधबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ