रौतहटमा कोरोना कहर : संक्रमितको संख्या एक हजार नाघ्यो


रौतहट : रौतहटमा बुधबार एकै दिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा संक्रमितको संख्या एक हजार नाघेको छ ।

बुधबार रौतहटको परोहा नगरपालिकामा २०, बौधिमाईमा ११, देवाही गोनाहीमा ८, इशनाथमा ६, मौलापुरमा ३, जनामा संक्रमण पुष्टि भएको छ । ७७ जनाको अहिलेसम्म ठेगाना प्रष्ट नभएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

बुधबार थपिएका १ सय २५ जना संक्रमितसँगै रौतहटमा संक्रमितको कुल संख्या १ हजार ४६ पुगेको छ । मंगलबार रौतहटमा ५४ संक्रमित थपिएका थिए ।

प्रकाशित : २०७७ असार ३, बुधबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ