काठमाण्डौ महानगरपालिकाले ५० शय्याको अस्पताल बनाउने


काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सुविधा सम्पन्न ५० शय्याकाे अस्पताल स्थापना गर्ने घाेषणा गरेकाे छ ।

यसको लागि आवश्यक पूर्वाधार व्यवस्था गर्ने, महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्भाव्य सामुदायिक अस्पतालहरुलाई महानगरपालिकाको अस्पतालको रुपमा सञ्चालन गर्ने योजना समावेश छ ।

महानगरपालिकाले ज्येष्ठ नागरिककाे लागि विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निःशुल्क स्वास्थ्य परीक्षण सेवालाई निरन्तरता दिने, महानगरवासीहरुको लागि स्वस्थ जीवनकाे लागि स्वच्छ आहारको नीति अवलम्बन गर्नेजस्ता कुरालाई पनि प्राथमिकता दिएको छ ।

‘गुणस्तरीय एवं न्यूनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न काठमाण्डाै महानगरपालिका क्षेत्रमा सञ्चालित सबै सरकारी, निजी र सामुदायिक अस्पतालबाट प्रदान गरिने, स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने संस्थागत व्यवस्था मिलाइनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘वडा वडामा मिर्गाैला जोगाउ अभियान सञ्चालन गरिनेछ ।

यस्तै अर्बुद रोगलगायत अन्य दीर्घ रोगको समयमै स्वास्थ्य परीक्षण गर्न दीर्घ रोग स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने, कोभिड–१९ तथा अन्य सम्भावित महामारीबाट जोगिन आवश्यक निरोधात्मक उपायहरु प्रभावकारी रुपमा लागू गरिने पनि नीति तथा कार्यक्रममा भनिएको छ । 

प्रकाशित : २०७७ असार ४, बिहीबार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ