रौतहटमा थप ३४ जना कोरोना संक्रमित


रौतहट । रौतहटमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार बिहीबार ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा इशनाथका २४, राजपुरका ७, गौरका २ र परोहामा १ जना छन् । यससँगै रौतहटमा कुल संक्रमितको संख्या १ हजार ९४ पुगेको छ ।

प्रकाशित : २०७७ असार ४, बिहीबार १७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ