दलितमाथि भएको शृङ्खलाबद्ध हत्या विरुद्ध लहानमा विरोध सभा ।


जयनाथ यादव / लाहान अषाढ ५ गते दलित अधिकारकर्मीहरुको अगुवाई तथा दलित संघर्ष समितिको सिरहाको आयोजनामा विरोध सभा गरिएको हो। प्रहरी प्रसाशन तथा केही राजनीतिक समुहको मिलोमतोमा शंभु सदाको हत्या गरेर आत्महत्या बताएर घटनालाई सामसुम पार्न खोजेको पिडीत पक्षको आरोप छ । कार्यक्रममा मृतक शंभु सदा लाई श्रध्दांजलि दिदैं उपस्थित दलित अगुवाहरुले आ आफ्नो आक्रोस पोखेका थिए ।

पश्चिम् रुकुम लगायत देशका विभिन्न ठाँउमा भएको दलितहरुको हत्यारालाई कार्वाहीको माग गर्दै सिराहाको लहानमा विरोध सभा प्रदर्शन गरिएको हो। जाजरकोट भेरी नगरपालिका -४ रानागाउँका २१ वर्षीय नवराज वि.क सामुहिक हत्या र धनुषा प्रहरी हिरासतमै भएको शम्भु सदाको रहस्यमय मृत्युपछि कार्वाहीको माग गर्दै दलित संघर्ष समिति सिरहाले लहानमा विरोध प्रदर्शन गरिएको हो। टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए ।

प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ । मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनु आदिले यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ । अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फासि’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै राजेश राम (विद्रोही )ले रक्षकले नै भक्षक भएपछि जनताको विश्वास गुमेको बताउँदै दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा विभिन्न चरणको आन्दोलन गर्ने उद्यघोष गरे ।

यश महामारी संकटको घडीमा दलित नरसंहार बन्द गर । जातीय छुवाछूत लक्षित अपराध कार्य गर्नेलाई फाँसी देउ । शम्भु सदा, नवराज विक लगायत ६ जनालाई शहिद घोषणा गर दोषीलाई अबिलम्ब कार्वाही गर भन्दै समाप्न गरेको थियो ।

प्रकाशित : २०७७ असार ५, शुक्रबार १७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ