कुवेतबाट आएका थप ७ महिलामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।

यस्तै यस्तै काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ असार ६, शनिबार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ