सप्तरीमा भारतबाट आएका थप तीनजनामा कोरोना सङ्क्रमण


सप्तरी । सप्तरीमा भारतबाट आएका थप तीन जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। पछिल्लोपटक सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न। ५ का ३३ वर्षीय पुरुष तथा सुरुङ्गा गाउँपालिका वडा न १ का २८ वर्षीय र वडा नम्बर २ का ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। उनीहरु क्रमशः भारतको मुम्बई, हरियाणा र दिल्लीबाट आएका हुन्।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार तीनजनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

उनीहरु छिन्नमस्ता गाउँपालिकास्थित सखडा मावि र सुरुङ्गा गाउँपालिकास्थित शिशवारी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। तीनैजनालाई आजै राजविराज नगरपालिका वडा न १ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा ल्याइएको छ। यो समेत सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या १२ महिलासहित १ सय ५८ पुगेको छ।

प्रकाशित : २०७७ असार ७, आईतवार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ