पाल्पामा थप ९३ जनामा कोरोना पुष्टि


पाल्पा। पाल्पामा थप ९३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।चितवनको भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका थप ९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

भरतपुर अस्पतालले बिहिवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुनामध्ये बुधबार गरिएको परीक्षणमा ९३ जनामा पाेजेटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ ।

यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाकाे स्वावकाे नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयाेगशालामा हिजाे २९७ जनाकाे परिक्षण गरिएको थियाे ।

प्रकाशित : २०७७ असार ११, बिहीबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ