नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो


काठमाडौं : नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो ।

तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।

१२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।

प्रकाशित : २०७७ असार १२, शुक्रबार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ