जनकपुरका एक युवक कटुवा पेस्तोलसहित पक्राउ परे


जनकपुरधाम : धनुषाबाट एकजना युवक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बाउन बिगाहाबाट जनकनन्दिनी गाउँपालिका १ घर भई हाल जनकपुरधाम उप-महानगरपालिका १ मा बसोबास गर्ने १७ वर्षीय श्याम सहनीलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोल बेच्न आउने क्रममा प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आवश्यक अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७७ असार १२, शुक्रबार १९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ