Breaking – थप ४६३जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२७७२ पुग्यो


काठमाडौं : नेपालमा आज कोरोना भाइरसका ४६३ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामध्ये पुरुष ३५८ र महिला १०५ छन् । कुल संक्रमितमध्ये पुरुष ११ हजार २ सय ९८ र महिला १४ सय ७४ छन् ।

अहिलेसम्म देशको सबै जिल्लामा संक्रमित पत्ता लागिसकेको छ ।

प्रकाशित : २०७७ असार १४, आईतवार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ