सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा केहि घाइते


काठमाडौं : सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर केही घाइते भएका छन् । झडपमा २० जना घाइते भएको र घाइते मध्ये केहीलाई गोलीको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

त्यहाँ स्थित रामनगरका नेकपा कार्यकर्ता ६० वर्षका रामजल राय यादवको एक साता अघि मृृत्यु भएको थियो । रायको मृत्यु नभई नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप नेकपाका नेता कार्यकर्ताको आरोप छ । 

‘दुई पार्टीका नेता कार्यकर्ताबीच झडप चाहिँ प्रदर्शनको क्रममा भएको हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा एसपी विश्वमणि सुवेदीले भने, ‘केही घाइते छन उनीहरू मध्ये केहीलाई गोलीको छर्रा लागेको छ । तर, चिन्ताजनक अवस्था कसैको छैन ।’ 

गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको सुवेदीको भनाइ छ । उनका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ ।  मृतक सामजलको शव जिल्ला अस्पताल  सर्लाहीको शव गृहमा राखिएको छ । नेकपाले हत्यारा पक्राउ नगरेसम्म शव नउठाउने बताउँदै आएको  प्रहरीले  जनाएको छ ।

– थाहा खबर

प्रकाशित : २०७७ असार १५, सोमबार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ