काठमाडौंमा जसपाको बिरोध प्रदर्शन, नागरिकता संशोधन विधेयक खारेजको माग


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले संसदीय समितिद्वारा प्रस्तावित नागरिकता विधेयकको विरोध गरेको छ।

संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने प्रावधान पारित गरेको छ । समितिले पारित गरेको सो प्रावधानसहितको विधेयक संसदमा छलफल गरी पारित गर्नका लागि पेश गरिएको छ ।

सो सात–वर्षे प्रावधानको बिरोध गर्दै जसपा नेताहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । जसपा नेताले ‘नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको’ माग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमी लगायत नेताहरु सो प्रदर्शनमा सहभागी थिए ।

नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान कायम रहनुपर्ने जसपाको माग छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी एकीकरण भई बनेको जनता समाजवादी पार्टीले सो प्रदर्शन गरिएको छ ।

नवगठित पार्टीले निर्वाचन आयोग र संसदमा औपचारिकता पाइनसकेको हुँदा संसदमा भने उनीहरुको हैसियत फरक फरक दलको रुपमै रहेको छ ।

प्रकाशित : २०७७ असार १६, मंगलवार १४:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ