सिरहा को लक्ष्मिपुर पतारी गाउंपालिकामा राजनीति ताण्डवको कारण हाल बेहाल


जयनाथ यादव/लहान :लक्ष्मीपुर पतारी गाउँपालिका सिरहामा गाउँपालिका अध्यक्ष ,निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल एक आपसमा मिलेमत्तो गरि आफ्ना स्वार्थ पूर्तिको लागि आर्थिक अनियमितता तथा अधिकारको दुरुपयोग गरिरहेको लक्ष्मीपुर पतारी गाउँपालिकाका नेकपा र नेपाली कांग्रेसले शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

प्रेस विज्ञप्ति अनुसार गाउँपालिका अध्यक्ष राम बल्लभ साहले ताना साही प्रविर्ती ,हैकम र भ्रष्ट गति बिधि बाट पिडित र आजित भई १६ बुंदे आरोप सहितको प्रेस विज्ञप्ति जारि गरिएको लक्ष्मीपुर पतारी गाउँपालिका नेकपा बाट अध्यक्षका प्रत्यासी देव नारायण साह र कांग्रेस बाट अध्यक्षका प्रत्यासी चतुरानन्द ठाकुरले जानकारी गराए। जारि विज्ञप्तिमा जनाए अनुसार २०७७ जेठ मा आधिकारिक प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव हाजिर भैसकेको भए ता पनि काम काज गर्न नदिएको र बैंकमा खाता रोक्का भए पनि पुरानै अधिकृत र लेखापालको मिलेमतोमा चेक काट्दै गरेको । अधिकारिक अधिकृत हुंदाहुदैं साविकको निमित्तबाट गोल-मटोल बजेट पास गर्ने मनसायमा रहेको ।

साविकको अधिकृत ले पनि नियम कानुन नहेरी अध्यक्षले जेजे भन्छ रवर स्टाम्प जस्तो त्यही त्यही गर्छ ।२०७६ साल असार महिनामा गाउँसभा बाट सर्व सहमतिले पास भएका योजना तथा कार्यक्रमहरु लाई किर्ते गरि विशेष गाउँसभा गरि वडा समितिबाट गाउँ टोल स्तर बाट पेश भएका आयोजनाहरु काटखोट गरि आफ्ना कार्यकर्ता लक्षित कार्यक्रमहरु तयार गरेको , २०७६ माघमा अध्यक्षको अनुचित दवावका कारण तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सरुवा गराई यसै गाउँ पालिकाको आयुर्वेद औषधालय शाखामा कार्यरत वडा नम्बर १ काअध्यक्ष मनिक लाल यादवको सहोदर भाई कविराज भने धनीक लाल यादव लाई अधिकृतको जिम्मेवारी दिएको , वडा नम्बर १ का अध्यक्षका छिमेकी तथा तत्कालिन संघीय समाजवादी पार्टी निकट तथा समर्थक नरेश कामैत लेखा पालको पदमा रहेको , नेकपा र कांग्रेस बाट निर्वाचित वडा नम्बर ४,५ र ६ मा विकासीय बजेटमा कटौती गर्ने गरेको , आफ्नै नजिकका आसेपासे संग मिलेर ब्याक डेटमा उपभोक्ता समिति गठन गरि ठेक्का मार्फत गर्नुपर्ने योजनाहरु उपभोक्ता समिति बाट गरिएको , झुलुङ्गे पुल ,रोड रोलर र ग्रेडर मेशिन खरिदको सुचना मांग गर्दा नदिने , कोभिड -१९ नियन्त्रणका लागि विनियोजन गरिएको २ करोड ५० लाख रकम पारदर्शी नगरेको , अधिकांश समयमा अधिकृत र लेखापाल कार्यलयमा नबसी आफ्नो घर बाट कामकाज गर्ने , , समपुरक कोषको रकम दुरुपयोग गरेको , वडा नम्बर ४,५ र ६ भैरहेको आयोजनाको बारेमा वडा लाई कुनै जानकारी नगराएको , समग्रमा संचालनमा रहेको योजनाहरु प्रभावकारी नरहेको र बजेट सकन र भ्रष्टाचार गर्न गरिएको ,आज सम्म आगामी बर्षको बजेट बनाउनको लागि शुरुवात समेत नगरेको लगायता आरोपहरु सहित गाउँपालिकाले यस्ता अनियमितता नरोके कडा आन्दोलन गर्ने समेत जानकारी दिएका छन्।

यता लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साहले प्रतिपक्षले लगाएका सम्पूर्ण आरोपहरुमा कुनै सत्यता नरहेको बताउदै प्रतिपक्षको मिलोमतोमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव हाजिर हुन् नआएको र हाजिर ब्याक डेट जेठ ३० गतेमा नै यस गाउंपालिकामा उपस्थित भैईसकेको अडान लिएर हाजिर गराउनु पर्ने बालहट गरि । बैंक खाता बन्द गराई गाउपालिकालाई आर्थिक घेरा बन्दिमा राखेको र विभिन्न योजनाहरु फेल र फ्रिज गराउन खोजेको आरोप लगाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत यादवको बालहटका कारण गाउँपालिकामा संचालित २ वटा कोरेनट़ाइनमा रहेका करिब ४० जना लाई व्यवस्थापन गर्न समस्या भएको ,अहिले चलिरहेको विभिन्न योजनाहरु प्रभावित भएको छ,भने शिक्षक , कर्मचारी ,स्वास्थ्यकर्मीहरु तलव पाउन बाट समेत बन्चित भएको बताउदै अधिकृत यादव लाई बालहट त्यागि हाजिरी गरि काम कारवाही गर्नहुन अनुरोध गर्दै लक्ष्मीपुर पतारी गाउँपालिकाको नेकपा तथा नेपाली कांग्रेसले आफु माथि लगाएका आरोपहरु प्रमाणित भए नेपालको प्रचलित कानुन बमोजिम कारवाही भोग्न तयार रहेको दवा गरेको छ ।

प्रकाशित : २०७७ असार २०, शनिबार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ