जनकपुरकी बालिका कञ्चनको हत्यारालाई मृत्यूदण्डको सजाय माग्दै प्रदर्शन


जनकपुरधाम : बालिका कञ्चन पजियारको हत्यारालाई पक्राउ गरी मृत्यूदण्डको सजाय दिनुपर्ने माग राख्दै आईतवार जनकपुरमा युवाहरुले प्रदर्शन गरेका छन ।

कुर्था युवा क्लवको आयोजनामा युवाहरुले जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रेका युवाहरुले ‘स्टोप चाइल्ड रेप’, ‘जस्टिस फर कञ्चन’, ‘हत्यारालाई मृत्युदण्ड दे’ लगायतको नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका २१ स्थित कुर्था घर भएकी ११ बर्षिया बालिका कञ्चन पजियारको शव शुक्रवार विहान दुधमती नदीको किनारामा फेला परेको थियो । पीडित परिवारले बलात्कारपछि उनको हत्या गरेका दावी गरेका छन ।

कञ्चन बुधवार दिउँसो भैंसी चराउन गएकी थिइन् । तर उनी अवेर रातिसम्म घर फर्किनन् । उनको परिवारले खोजविन समेत गर्दा पनि नभेटेपछि प्रहरी कार्यालय कुर्थामा निवेदन समेत दिएको थियो ।

धनुषा प्रहरीले कञ्चन हत्या घटनामा संलग्न रहेको आशंकामा हालसम्म स्थानीय १८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

प्रकाशित : २०७७ असार २१, आईतवार १९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ