संचाकर्मीद्वारा सञ्चार विद्येयक विरुद्ध प्रदेश सभा अगाडी प्रर्दशन


जनकपुरधाम । प्रदेश २ को सञ्चार विद्येयक नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका छन् ।

प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन ।

पत्रकार विपी साहको नेतृत्वमा सञ्चारकर्मीहरुले सञ्चार विद्येयकमा १० हजार देखि २० हजार सम्म जरिवाना र सञ्चार समाग्री जफतको प्रावधान निरंकुश रहेको भन्दै निरन्तर विरोध गर्दै आएका छन् । पत्रकार साहका अनुसार नेपालको संविधान भन्दा समेत प्रदेश सरकारको बिधेयक निरंकुश र प्रेस स्वतन्त्रता विरोधी रहेको बताए ।

उनले नेपालको संविधानमा समेत सञ्चार उपकरण जफत गर्ने अधिकार कसैसंग नरहेको स्मरण गराउदै प्रदेश सरकारले गलत मनशायले यो प्रावधान राखेकाले स्वीकार गर्न नसकिने बताए । यस बिरोध कार्यक्रममा राष्ट्रीय दलित पत्रकार संघका अध्यक्ष कुलदिप दासको पनि सहभागिता थियो ।

यस भन्दा अघि, पनि संचारकमीहरुले प्रदेश २ को सञ्चार विद्येयकको विरोध गर्दै आएका छन् ।

प्रकाशित : २०७७ असार २२, सोमबार २२:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ