वीरगन्ज कारागारमा रहेकी खातुनको उपचारको क्रममा मृत्यू


वीरगञ्ज : पर्साको वीगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १५ की ४९ वर्षीया सविला खातुनको मृत्यू भएको हो ।

कारागारमै अचानक विरामी परेकी उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । उपचारको क्रममै बुधवार राति उनको मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए ।

ह्दयघातका कारण मृत्यू भएको आशंका गरिएको छ । तर मृत्यूको यर्थात कारण भने खुल्न सकेका छैन । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्यूको कारण खुल्ने अस्पतालले जनाएको छ ।

लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् ।

प्रकाशित : २०७७ श्रावण १, बिहीबार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ