धनुषाका इन्जिनियर सतिश गोइतको मृत्यूले गाउँ शोकमा डुब्यो, साँसद अरगरियाद्धारा श्रद्धाञ्जली


जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी नदीमा खसेर धनुषाको कमला नगरपालिका ५ का इन्जिनियर सतिश गोइतको मृत्यू भएपछि गाउँ शोकमा डुबेको छ ।

२५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गुमाएका गोइतका आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् । उनी जिवनप्रति निकै आशावादी सोच राख्ने इन्जिनियर थिए । उनका साथीले सामाजिक सञ्जाल मार्फत निधन प्रति दुख ब्यक्त गरेका छन् । धनुषा क्षेत्र २ बाट निर्वाचित साँसद उमाशंकर अरगरियाले समेत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

आयोजनाको सुरङ परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो गाडी नदीमा खसेर इन्जिनियर गोइतसहित दुई जना बेपत्ता भएका थिए । गोइतको शव बुधवार दिउँसो नै फेला परिसकेको छ । उनीसँगै वेपत्ता आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगर अझै फेला पर्न सकेका छैन ।

प्रकाशित : २०७७ श्रावण १, बिहीबार १४:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ