एक वर्षमै तीन इन्सपेक्टरसहित ३६ प्रहरी घुससहित फन्दामा, धनुषाका शिक्षक महतो पनि


जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/०७७ मा तीन इन्सपेक्टरसहित ३६ प्रहरीलाई घुससहित रंगेहात पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेकामध्ये चारजना सशस्त्र प्रहरीका छन् । महानगरीय अपराध महाशाखाका जय थापा, कैलालीमा कार्यरत प्रकाशसिंह कार्की र सर्लाहीका इन्स्पेक्टर रामकिशोर शाह पक्राउ परेका हुन् । यस्तै वडा प्रहरी कार्यालय भीमफेदीमा कार्यरत इन्स्पेक्टर रामबालक रायलाई भने प्रहरीले नै घुससहित पक्राउ गरी अख्तियारमा बुझाएको थियो ।

अख्तियारले एक वर्षमा एक सय ६९ स्टिङ अप्रेसन गरेको छ । जसमा दुई सय ५८ जना पक्राउ परे । पक्राउ पर्नेमा सहसचिव तहका कर्मचारीदेखि जनप्रतिनिधिसम्म छन् । कर्मचारीलाई घुस दिनेहरूसमेत स्टिङ अप्रेसनमा परेका छन् । स्टिङ अप्रेसनमा दुई हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्म बरामद भएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले जनता मावि धुनषाका शिक्षक महेन्द्र महतोलाई पनि स्टिङ अप्रेशनकै क्रममा दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

प्रकाशित : २०७७ श्रावण १, बिहीबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ