इटहरी उपमहानगरका लेखा अधिकृत ६५ हजार घुससहित रंगेहात पक्राउ


विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए ।

होटल अगाडी मोटरसाइकलको स्टार्ट बन्द नगरीभित्र पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित : २०७७ श्रावण २, शुक्रबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ