इन्जिनियर गोइतको मृत्युले राजेन्द्र महतो स्तब्ध, दोषीलाई कारवाहीको मांग


जनकपुरधाम : जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले मेलम्ची खानेपानी आयोजना स्थलमा दुर्घटनामा ईन्जिनियर सतिश गोईतको मृत्यु भएको घटनाले स्तब्ध बनेका छन् ।

धनुषाबाट निर्वाचित संघीय सांसद महतोले सामाजिक संजाल मार्फत इन्जिनियर गोइतको  दु:खद निधनले स्तब्ध भएको उल्लेख गरेका हुन् । उनले मृतक इन्जिनियर गोईतप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

सांसद महतोले लेखेका छन्, ‘मृतक परिवारलाई शोकको घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान गर्न माता जानकीसंग प्राथना गर्दछु ।’ उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकार मांग समेत गरेका छन् ।

आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनापछि धनुषाको कमला नगरपालिकाका घर भएका इन्जिनियर गोइत र चालक बेपत्ता भएका थिए । गोइतको शव फेला परेपछि जनकपुर घर ल्याएर दाह-संस्कार गरिएको छ ।

प्रकाशित : २०७७ श्रावण २, शुक्रबार १३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ