सिरहामा १६ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ, अनुसन्धान सुरु


लहान : सिरहामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

कर्जन्हा नगरपालिका-७ प्रेमनगरका २५ वर्षीय राजेश राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । राउतले ती बालिकालाई प्रलोभनमा पारेर आफ्नो घरमा बोलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भेडिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २, शुक्रबार १५:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ