धनुषाका ८ सहित १०१ जनामा कोरोना संक्रमण पुष्टि, हेर्नुस् डिटेल


काठमाडौं : नेपालमा आइतबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ५, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासीका ३, रौतहटका ८ , सिन्धुलीका १,काभ्रेका १ जना रहेका छन्।

यस्तै काठमाडौँका १, पाल्पाका १,लमजुङका २२,तनहुँका ७, वर्दियाका १०, दाङका ५, रोल्पाका १३, रुपन्देहीका १, सल्यानका १, रुकुमका १, डढेलधुराका १, बझाङका १ तथा डोटीका १ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप २८५ जना संक्रमित डिसचार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

प्रकाशित : २०७७ श्रावण २, शुक्रबार १७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ