जनकपुरमा युवाहरुको बेजोड प्रर्दशन, इन्जिनियर गोइतलाई शहिद घोषणाको माग


जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतिश गोइतलाई शहिद घोषणा गर्न जनकपुरका यूवाहरुले प्रर्दशन गरेका छन् ।

जनकपुरधामस्थित भानु चोकमा शुक्रवार दिउसो यूवाहरुले भ्रष्ट ओली सरकार मुर्दाबाद, मंत्री विना मगर मुर्दाबाद, इन्जिनियरलाई मोहरा बनाउन पाइदैन, पीडित परिवारलाई क्षतिपूर्ति देउ जस्ता नारा लगाएका छन् । प्रदर्शनमा समाजवादी पार्टी संघीय परिषद् सदस्य नविन यादव, यूवा नेता प्रशान्त झा लगायतका यूवाहरु, इन्जिनियर र समाजसेवीहरुको सहभागिता छन् ।

धनुषाको कमला नगरपालिकाका ५ घर भएका
उनको २५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गएपछि आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् ।

बुधवार मृत्यु भएको इन्जिनियर गोइतको आत्माको चिरशान्तिको कामना गर्दै विहिवार जनकपुरमा मैनबत्ति प्रज्वलन गरेको थियो ।

प्रकाशित : २०७७ श्रावण २, शुक्रबार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ