महोत्तरीमा एक महिला कैदीको उपचारको क्रममा मृत्यु


जनकपुरधाम : महोत्तरीमा एक महिला कैदीको उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको छ ।

जिल्ला अस्पतालमा जलेश्वरमा उपचाररत सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ की अन्दाजी ३५ वर्षीया नुर जहाँ खातुनको मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि कैद सजाय भोग्दै आएकी उनको उपचारको क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए ।

टाउको दुखेपछि उनलाई गत विहिबार अस्पताल भर्ना गराएको थियो । ‘पहिलेदेखि नै टाउको दुख्दै आएको र अचानक बेहोस भएपछि अस्पताल लगेको थियौं,’ जेलर महासेठले भने ।

प्रकाशित : २०७७ श्रावण ३, शनिबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ