जानकी मन्दिरको सौन्दर्यकरण मापदण्डविपरीत भएको भन्दै रोक्न भोरको डेलिगेसन


जनकपुरधाम : जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको कार्य गलत भएको भन्दै काम रोक्न भोर नामक संस्थाले पुरातत्व विभागमा डेलिगेसन बुझाएको छ ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा लागिरहेको भोरले जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको काम रोक्न माग गर्दै शुक्रबार पुरातत्व विभागमा डेलिगेसन बुझाएको हो ।

जानकी मन्दिरको मौलिकतामा असर पर्नेगरी अन्तर्राष्ट्रिय मापदण्ड विपरित मन्दिरको सौन्दर्यकरणको काम भइरहेको भन्दै काम तत्कालै स्थगन गर्न भोरले विभागका प्रमुख अनुसन्धान अधिकृत सुरेश सरस श्रेष्ठलाई ध्यानाकर्षण पत्र बझाएको छ ।

डेलिगेसनमा जानकी मन्दिरको मौलिकतामा असर पर्ने गरी सौन्दर्यकरणको नाममा भइरहेको मर्मत संभार तथा निर्माण कार्य पुरातत्व विभागले रोक लगाउनु पर्ने भन्ने उल्लेख छ ।

प्रकाशित : २०७७ श्रावण ३, शनिबार ११:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ