प्रदेश २ : विवादै विवादले ९८ स्थानीय तहको बजेट अनिश्चित


जनकपुरधाम : प्रदेश नम्बर–२ का ९८ स्थानीय तहले निर्धारित मितिमा बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

दलहरुबीचको विवाद, तहगत आर्थिक भागबन्डालगायतका कारणले समयमै बजेट प्रस्तुत हुन नसकेको हो । प्रदेशका १३६ मध्ये ३८ ओटा स्थानीय तहलेमात्र बजेट सार्वजनिक गरेका छन् ।

असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भएपनि साउनको पहिलो सातामा पनि धेरैजसो स्थानीय तहले बजेट ल्याएका छैनन् ।

निर्धारित मितिमा बजेट प्रस्तुत भएसँगै स्थानीय तहको चालु आर्थिक वर्षको सबै काम प्रभावित बनेको छ ।

सात प्रदेशमध्ये सबैभन्दा कम प्रदेश–२ का २७ प्रतिशत स्थानीय तहलेमात्र बजेट प्रस्तुत गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : २०७७ श्रावण ३, शनिबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ