दुःखद खबर : ट्याक्टर दुर्घटनामा सात मजदुरको मृत्यु


काठमाडौं : प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  सात जनाको ज्यान गएको प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनीहरु सबै बाटो बनाउन खटिएका मजदूर हुन् ।

भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका ती मजदूर सबै रोल्पा रुम्टीगढीका हुन् ।

अहिले हुस्सु लागिरहेका कारण उद्धारमा कठिनाइ भएको उनले बताए । उनीहरुका कसैको पनि पहिचान खुल्न सकेको छैन ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ