धनुषामा मजदुरहरुमाथि आक्रमण, रुपैया र मोबाईल पनि लुटियो


कुलदिप ‘प्रेम’ / जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा युवाहरूको एक समुहले काम गर्ने मजदुरहरूमाथि आक्रमण गरी निर्घात कुटपिट र लुटपाट गरेका छन् ।

शनिवार राति अन्दाजी ९ बजे बटेश्वर गाउपालिकाबाट काम गरेर घर फर्कने क्रममा क्षिरेश्वरनाथ नगरपालिका ३ मंगलपुरस्थित बाटोमा घेरेर २०/२५ जनाको समुहले कुटपिट गरेका हुन् । कुटपिटबाट पकडियाका अरूण सदा, सरमेश सदा, राम बाबु सदा, पल्टु महरा, सुधीर सदा घाइते भएका छन् ।

घाइते उनीहरूको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ । कुटाइबाट उनीहरुको शरिर निलडाम देखिन्छ । उनीहरुको मुख र हातमा समेत गम्भिर चोट लागेको छ ।

पीडितहरुले मंगलपुरका अहमद नदाफ र पकडियाका सुशिल सिंहका समुहले कुटपिट गरेको आरोप लगाएका छन् । सो समुहले ७० हजार रुपैया र मोबाईल समेत लुटेको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ