बिहे गर्छु भन्दै बालिका बलात्कार गर्ने उदयपुरका युवक पक्राउ


काठमाडौं : बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ । घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बालिका १६ वर्षीया हुन् । बिहे गर्छु भनेर उनलाई साथीको कोठासम्म लगेको पाइएको भनिएको छ । थप अनुसन्धान जारी छ ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार ०९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ