कोरोना अपडेट : पर्सा र बारामा फेरी भेटिए ५० संक्रमित


वीरगञ्ज : पर्साको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ४६ जना बारा र ४ जना पर्साका वासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारेन्टाइनका हुन् ।

पर्साका चारजना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए । कुल ५० मध्ये १० जना महिला छन् । संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तैयारी भइरहेको छ ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार ११:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ