जनकपुरमा कटुवा पेस्तोल बाकेर हिड्ने युवक पक्राउ, अनुसन्धान सुरु


जनकपुरधाम : धनुषामा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका ८ बसतपुर घर भएका २१ वर्षीय सुनिल कुमार अधिकारी छन् ।

जनकपुरधाम उपमहानगरपालिका ८ बजरंग चोक डेरा गरी बस्ने अधिकारीलाई १ थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका ९ बाट पैदल हिँडिरहेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शंका लागी जाँच गर्ने क्रममा उनको साथबाट पेस्तोल फेला परेपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ