सप्तरीमा मृत्यु भएका वृद्धको कामदारमा पनि कोरोना संक्रमण पुष्टि


राजविराज : गत बिहीबार राती कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका एक वृद्धको परिवारपछि पसलमा काम गर्ने व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले मृतकको पसलमा काम गर्ने दुई जना व्यक्तिमा संक्रमण देखिएको जानकारी दिए । ‘उहाँको ग्यास र खाद्यान्न भण्डारको पसल छ । हामीले मृतकको पसलमा काम गर्ने चार जना कामदारसहित १६ जनाको परीक्षण गर्न पठाएका थियौँ । जसमा दुई जना कामदारमा पोजेटिभ देखियो,’ उनले भने ।

बाँकी १४ जनाको भने नतिजा नेगेटिभ देखिएको छ । पसलमा काम गर्ने कामदारका परिवारका सदस्य र बढी आवतजावत गर्ने व्यक्तिहरूको स्वाब सङ्कलन गरिएको थियो ।

यसअघि मृतकको परिवारको सदस्यको परीक्षण गर्दा सबै पाँचै जनामा संक्रमण देखिएको थियो । जसमा मृतककी श्रीमती, छोरा-बुहारी र दुई जना नाति-नातिनी छन् ।

उनीहरूलाई चिकित्सकको निगरानीमा होम आइसोलेसनमै राखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको यादवले जनाए ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ