जनकपुरका युवा राकेश ‘कोभिड-१९ हिरो अवार्ड’बाट सम्मानित


जनकपुरधाम : जनकपुरधामका युवा राकेश बिक्रम साह हिरो अवार्डबाट सम्मानित भएका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धनुषाका उपाध्यक्ष साहलाई अमेरिकास्थित ‘हामी नेपाली ग्लोवल’ संस्थाले हिरो अवार्डबाट सम्मानित गरेको हो ।सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याएवापत अवार्ड प्रदान गरेको सो संस्थाले जनाएको छ ।

कोरोना महामारीको यस विपतको समयमा उनले रोकथाम तथा गरिव विपन्नहरुलाई राहत वितरणको काममा सक्रिय भूमिका निर्वाह गरेका थिए । अवार्ड पाएपछि सामाजिक संजालमा उनको चर्चा चलेको छ ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ