कर्मचारीसंग विवाद भएकै छैन्, कुटाकुटको समाचार भ्रामक : मेयर यादव


जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले कर्मचारीसंग विवाद नै नभएको दावी गरेका छन् ।

मंगलवार मेयर यादवले विज्ञप्ती जारी गरेर ‘कर्मचारी र मेयरबीच कुटाकुट’ भनेर विभिन्न मिडियामा आएको समाचार भ्रामक रहेको दावी गरेका हुन् । उनले नियमित स्वास्थ्य परीक्षणका लागि सिरहाको कर्जन्हा अस्पताल गएको स्पष्ट पारेका छन् ।

मेयर यादव अस्पताल भर्ना भइ उपचार गराइरहेको तस्विर सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएपछि विभिन्न मिडियाले समाचार ‘कर्मचारीले कुटेपछि उनी अस्पताल भर्ना भएको भन्दै समाचार लेखेको थियो ।

मेयर यादवले विज्ञप्ती निकालेर घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेपनि संचारकर्मीको फोन समेत रिसिभ गर्ने गरेका छैन ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ