सप्तरीमा फेरि कुटिए मुसहर दम्पती, रगतले शरिर भिजेपछि अस्पताल भर्ना


राजदेव राम/ लहान : सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका २, महुलीमा मुसहर दम्पती निर्घात कुटिएका छन् ।

तीन दिनदेखि अविरल वर्षाको कारण मुसहरको घर अाँगनमन पानी जमेपछि त्यसको निकासीको लागि छेउमै रहेको दिना साहको खेतमा पानी बगाउन खोजेपछि विवाद भएको थियो ।

सोमबार दिनको ३ बजे भुट्टा सदाले अाफ्नो झुपडीलाई जोगाउन पानी खोलेका थिए । पानी खोलेपछि दिना साहको पुरै परिवार मिलेर भुट्टु सदा दम्पतीलाई निर्घात कुटपिट गरेका हुन् ।

घट्ना स्थलमा पुगेका समाजिक अभियनता सलिता सदाले भनिन्,´साह परिवारले सदा परिवारलाई पहिलेदेखि नै दु:ख दिदै अाएको रहेछ ।`

‘घरमा पानी जमेपछि छिमेकी खेतबाला दिना साहको खेतमा निकास बाहेक अरु ठाउँ छैन् । तर, साह परिवारले अाफ्नो जमिनमा पानी छिर्न नदिने भएपछि झगडा सुरुभएको थियो,` उनले थपिन् ।

कुटपिटबाट घाइते भएको सदा दम्पती मौहली क्लिनिकमा उपचार गराई रहेको अर्का अभियन्ता ललकु सदाले जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ