नेविसंघ सिरहाद्धारा अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण


जनकपुरधाम : ३८ औं बि शपि स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सिराहाले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा बिरामीहरुलाइ फलफूल वितरण गरेको छ ।

नेपाली काङ्ग्रेसका जिल्ला उप-सभापति बिशुन साह बनियाको प्रमुख आतिथ्यमा विरामीहरुलाई फलफूल वितरण गरिएको हो । कार्यक्रममा नेपाल काङ्ग्रेस लाहानका नगर सभापति सुनिल महतो, नेबिसंघका निबर्तमान केन्द्रिय सह-महामन्त्री एबम् कांग्रेसका लहान नगर सचिब परमेशवर साह, नेपाली कांग्रेसका युबा नेताहरू देबनाथ यादब, अब्दुल करिम खान, मनोज कोइराला, नेबि संघका नेताहरु सन्जिब ठाकुर, गोपाल यादब, नेविसंघ सि.टि.ई.भी.टी प्रदेश २ का अध्यक्ष इन्द्रजित गोइत, नेविसंघका कपिल साहलगाइशयतका उपस्थिति रहेको थियो ।

करिब सय जना बिरामीलाई स्याउ, केरा, आँप, बिस्कुट र जुस बितरण गरेको नेबिसंघ सिराहाका जिल्ला सभापति मो.मुस्ताकले बताए ।

प्रकाशित : २०७७ श्रावण ६, मंगलवार २०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ