महोत्तरीका ६० वर्षीय कोरोना संक्रमितको मृत्यु, सेनाले शव व्यवस्थापन गर्ने


जनकपुरधाम : महोत्तरीका एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृतकको संख्या सात पुगेको छ ।

मंगलबार राती महोत्तरीका ६० वर्षीय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । समान्य बिरामी भएर उपचारका लागि प्रतिष्ठान पुगेका महोत्तरीका ६० वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको राती मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृतकको शव हाल महोत्तरी ल्याइएको छ । शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्छन् ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ