धनुषा प्रहरीले समात्यो २० लाख बढीको मदिरा र ४ ट्याक्टर


जनकपुरधाम : भारततर्फ तस्करी गर्न लागेको २० लाख ८७ हजार ५ सय बराबरको मदिरा र ट्याक्टर धनुषा प्रहरीले समातेको छ ।

इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको टोलीले कमला नगरपालिका-४ सघारा चोकबाट मदिरा बोकेका चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो । मंगलवार दिउँसो ज. १ त. ७८६९, ज. १ त. ९१०३, ज. २ त. ९३२ र ज. १ त. ४१६१ नम्बरको ट्याक्टरमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा समातेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार ती ट्याक्टरहरूबाट ‘गौरव सोफी’ नामको १ हजार कार्टुन मदिरा बरामद भएको छ । बरामद गरिएको मदिरा र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार ०९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ