पुष्पलाल राज्यको ढुकुटी हजम गर्नेतर्फ उन्मुख थिएन : उपेन्द्र यादव


– उपेन्द्र यादव

जनता चेतनशील हुनै पर्छ । कार्यकर्ता संगठित हुनैपर्छ । क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ। यसलाई कसैले रोकेर रोक्न सक्दैन ।
मर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालले यो सन्देश दिनु भएको हो ।

२०३५ साल श्रावण ७ गते उहाँको निधन भएको थियो । पुष्पलाल नेपाली श्रमजीवी , शोषित तथा उत्पीडित वर्ग र गरीब जनताका नेता हुनुका साथै प्रगतिशील लेखक पनि हुनुहुन्थ्यो । उहाँले निरङ्कुश राजतन्त्रको अन्त्य र सम्पूर्ण आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, वर्गीय , जातीय र लैङ्गिक शोषण, उत्पीडन र विभेदको अन्त्य गरी समाजवादी गणतान्त्रिक समाजको कल्पना गर्नु भएको थियो । उहाँले सधैं लोकतान्त्रिक गणतन्त्रका पक्षमा आवाज उठाउनु भयो । क्रान्तिकारी भूमिसुधार, निःशुल्क शिक्षा र स्वास्थ्य, सबैकालागि गाँस, बास, आवास र रोजगारीको व्यवस्था राज्यद्वारा गर्नुपर्ने, सबै जातिहरू (Nationalities)लाई आत्म निर्णयको अधिकार, भाषिक समानताको हक, पूर्ण नागरिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता,आर्थिक र सामाजिक न्याय, जातीय, वर्गीय र लैङ्गिक विभेद तथा उत्पीडनको अन्त्य, आदिवासी/ कविला जातिको मुक्तिका लागि उहाँलेआफ्नो जीवन समर्पण गर्नु भएको थियो ।

पुष्पलालको जीवन सिद्धान्तनिष्ठ, संघर्ष, त्याग र सादगीपूर्ण सुसंस्कृत थियाे । उहाँले राजनीतिलाई जालझेलको रूपमा नभई, सिद्धान्त, संगठन र संघर्षले निर्देशित जनताको मुक्तिको यात्राको रूपमा लिनु भयो । पुष्पलालको त्याग, सादगिपूर्ण जीवन, संघर्ष र सिद्धान्त प्रतिको निष्ठाबाट आजका कम्युनिस्ट नामका भ्रष्ट कमाऊनिष्ठ, सिद्धान्तबिहीन र नश्लवादी संकीर्ण चिन्तन भएका कमरेडहरुले  सिक्न सक्ने भएको भए देश र जनताको आजको जस्तो बेहाल हुने नै थिएन । अहिलेका कम्युनिस्ट राजनीति भ्रष्टाचार गर्ने र राज्यको ढुकुटी हजम गर्नेतर्फ आकर्षित एवम् उन्मुख हुने थिएन ।

आज महान् क्रन्तिकारी नेता पुष्पलालको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली एवम् श्रद्धा सुमन अर्पण गर्दछु ।

– यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन् ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ