सर्लाहीमा गाँजासहित दुई युवक पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान


जनकपुरधाम : सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्ले रहेका छन् ।

पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका १ लखनदेही खोला छेउबाट दुवै जनालाई मंगलबार राति ७ किलो गाँजासहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले चेकजाँचका क्रममा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार १३:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ