प्रहरीलाई कोरोना समातेपछि प्रदेश प्रहरी कार्यालय सील गरियो


माेरङ : एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विराटनगरस्थित प्रदेश–एक प्रदेश प्रहरी कार्यालय सील गरिएको छ।

संक्रमण पुष्टि भएका प्रहरीलाई केही दिन अघि ज्वरो र हाच्छ्यूँ आउने लक्षण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए ।

उनी विराटनगरकै स्थानीय भएको बताइएको छ । उनको उमेर र पद खुलाइएको छैन ।

कोरोना पुष्टि भएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको एसपी पोखरेलले बताए ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ