भारतको अयोध्यामा यस्तो विशाल राम मन्दिर बन्दै, ५० हजार भक्तजन अट्ने


एजेन्सी : नेपालले भगवान रामबारेमा दाबी प्रस्तुत गरिरहेका बेला भारतले अयोध्यामा भव्य तीन तले मन्दिर बनाउने भएको छ । पहिलेको मन्दिरभन्दा पनि भव्य देखिने गरी तीन तले राम मन्दिरको डिजाइन फाइनल गरिएको हो ।

नयाँ डिजाइनको तस्विरमा मन्दिर गजुर अग्लो देखाइएको छ । मन्दिरका मुख्य आर्किटेक्ट निखिल सोमपुराले मन्दिरको नयाँ डिजाइन सार्वजनिक गरेका हुन् ।

राम मन्दिरको पहिलो डिजाइन सन् १९८५-८६ मा बनाइएको थियो । त्यस समय श्रद्धालुको भीडलाई देखेर त्यो डिजाइन तयार गरिएको थियो । तर अहिलेको अवस्थामा श्रद्धालु अझै बढेपछि मन्दिरको डिजाइनमा परिवर्तन गरिएको हो । मन्दिरलाई अझै भव्य बनाउँदै लम्बाइ, उचाई र चौडाइ बढाइएको छ ।

अबको राम मन्दिर दुई नभइ तीन तले हुनेछ। जसको उचाई १६१ फिट, चौडाइ २३५ फिट र लम्बाइ ३६० फिटको हुनेछ । मन्दिरको मूल स्वरुप भने पुरानै हुनेछ । मन्दिरका तीनवटा गजुरमा अन्य गजुर पनि थपिएको छ । साइडमा दुई र अगाडितर्फ एक गजुर थपिएको हो । नयाँसहित अब मन्दिरमा ४ वटा गजुर हुनेछन् ।

राम मन्दिरको पहिलेको उचाई १२८ फिट थियो, जुन अब १६१ फिट भएको छ । तीन तले बन्‍न लागेको मन्दिरमा ३८१ खम्बा हुनेछन् । हरेक तलामा १०६ खम्बा बनाइनेछ । रामको मन्दिर जमिनबाट १७ फिट उचाईमा हुनेछ । दोस्रो तलमा रामको दरबार हुनेछ । करिब ६९ एकड भूमिमा पाँचवटा गजुरसहितको मन्दिर अन्यत्र नभएको दाबी गरिएको छ ।

राम मन्दिरमा श्रद्धालु ठूलो संख्यामा दर्शनका लागि आउँछन् । उनीहरुलाई हैरानी नहोस् भनेर मन्दिरको मूल स्वरुप नबिगारी नयाँ डिजाइन गरिएको हो । राम मन्दिरको नयाँ डिजाइनमा एक मण्डप बनाउने प्रस्ताव पनि छ । जसमा एक पटकमा ५० हजार भक्तजन अट्ने क्षमता हुनेछ ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ