रक्षामन्त्री पोखरेल र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप


काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ।

‘इनफ इज इनफ’ का सामाजिक अभियान्ताले पोखरेल र ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । कोभिड १९ को उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता भएको उल्लेख गर्दै उजुरी दर्ता गरिएको छ।

खरिद प्रक्रियाको यथार्थ जानकारी, खर्च रकम, नियुक्ति भएका विज्ञको पारिश्रमिकलगायतका विषयमा जिज्ञासा राखिएको छ ।अभियन्ताका तर्फबाट सात जनाले अख्तियारमा दिएको उजुरीमा स्वास्थ्य मन्त्रालयका प्रवक्तारविज्ञको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।

स्वास्थ्य सामग्रीमा भएको अनियमितताका विषयमा यसअघि पनि अख्तियारमा उजुरी परेको थियो ।

प्रकाशित : २०७७ श्रावण ७, बुधबार २१:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ