वीरगञ्जमा डाक्टर र स्कुले विद्यार्थीलाई पनि समात्यो कोरोना भाइरस


पर्सा :  वीरगञ्जमा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरु २ जना डाक्टर, ८ जना उपचाररत बिरामी, ३ जना ड्राइपोर्टका कर्मचारी, एक स्कुले विद्यार्थी रहेका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमितहरू १५ देखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । स्कुले विद्यार्थीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्जमा त्रास बढेको छ ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ